Sagun Khabar
बैतडीमा एक पुरुषलाई बेपत्ता पारेको आरोपमा महिला पक्राउ 

बैतडी–बैतडीको पाटनमा एक पुरुषलाई बेपत्ता पारेको आरोपमा महिला प्रक्राउ परेकी छिन् । जिल्लाको पाटन नगरपालिका ६ का ४५ बर्षीय बिरभान बिष्टलाई बेपत्ता पारेको आरोपमा सोही वडाकी २६ बर्षीया भागरथी बिष्टलाई पक्राउ गरिएको हो ।

असार १ गतेदेखी बिरभानलाई बेपत्ता पारेको भन्दै उनका भाई खड्क बिष्टले सोमबार बिहान इलाका प्रहरी कार्यालय पाटनमा निवेदन दिएका थिए । लगत्तै प्रहरीले भागरथीलाई घरबाट नै प्रक्राउ गरेको हो ।

Atrya hospital

पक्राउ परेकी महिला शिक्षिका हुन् भने बेपत्ता पारिएका बिरभान ट्रक चालक रहेको खुल्नमा आएके प्रहरीले जनाएको छ । 

बेपत्ता पारिएका बिरभानको खोजी कार्य जारी रहेको छ भने घटनाका बिषयमा भागरथीसंग पनि सोधपुछ कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख प्रहरी नायब उपरीक्षक दिपक गिरीले जानकारी दिए । 

घटनाको निष्पक्ष छानबीन हुनुपर्ने र दोषीलाई कारवाही हुनुपर्ने भन्दै स्थानीयहरु आन्दोलित भएका छन् । 

प्रकाशित मिति: सोमबार, असार ३, २०८१  १२:१९
प्रतिक्रिया दिनुहोस्
Weather Update