Sagun Khabar
हावाहुरीले विद्यालय भवनको छानो उडायो 

दार्चुला –दार्चुलामा हावाहुरीले एक विद्यालय भवनको छानो उडाएको छ । जिल्लाको शैल्यशिखर नगरपालिका–४ तल्लोकाँडापारीस्थित भूमिराज आधारभूत विद्यालयको छाना हावाहुरीले उडाएको छ । सोमवार साँझ चलेको हावाहुरीले विद्यालयको चार कोठे भवनको छाना उडाएको हो ।

जस्तापाताले छाएको चार कोठे विद्यालय भवनको पूरै छाना उडाएको विद्यालयका प्रधानाध्यापक शंकरदत्त भट्टले बताए । अर्को तीन कोठे विद्यालय भवनमा आंशिक क्षति पुर्याएको उनले बताए । 

Atrya hospital

भवनमा क्षति पुगेसँगै विद्यालयभित्र रहेका शैक्षिक सामाग्री समेत नष्ट भएको छ । २०६५ सालमा निर्माण भएको विद्यालय भवनमा दोस्रोपटक हावाहुरीले क्षति पु¥याएको हो । 

२०५ जना विद्यार्थी अध्ययनरत रहेको विद्यालयको भवनमा क्षति पुगेपछि नियमित पढाई समेत प्रभावित भएको छ । 
 

प्रकाशित मिति: मंगलबार, असार ४, २०८१  १७:२२
प्रतिक्रिया दिनुहोस्
Weather Update