Sagun Khabar
दार्चुलामा गोली लागेर एक शिकारीको मृत्यु 
Atrya hospital

दार्चुला –जंगलमा शिकार गर्न गएका एक जनाको गोली लागेर मृत्यु भएको छ । शनिबार बिहान नौगाड गाउँपालिका–१ नागु लक्सेरीका ५५ वर्षीया धंके डडालको मृत्यु भएको प्रहरीले जनाएको छ । 

शनिबार बिहान १० बजेतिर शिकारीको भरुवा बन्दुकको गोली लागेर धंकेको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । धंकेको टाउकोमा गोली लाग्दा घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी ज्ञानेन्द्रबहादुर सिंहले बताए । लक्सेरी नागु बस्ने अन्दाजी ५३ बर्षीय जयसिंह डडालले चलाएको गोली लागेर धंकेको मृत्यु भएको हो । 

गोली हान्ने जयसिंहलाई नियन्त्रणमा लिई घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । स्थानीयका अनुसार धंके सोही वनमा पासा थापिरहेको प्रहरीको भनाइ छ । स्थानीयसित सामान्य सोधपुध गर्दा दुवै सिकारी रहेको बुझिएको छ । 
 

प्रकाशित मिति: शनिबार, असार ८, २०८१  २०:३५
प्रतिक्रिया दिनुहोस्
Weather Update