बैतडी–बैतडीमा जबरजस्तीकरणी उद्योग गरेको आरोपमा एकजना पक्राउ परेका छन् । जिल्लाको दशरथचन्द नगरपालिका –३ पोखरीका ४६ बर्षीय प्रेमसिंह भण्डारीलाई प्रहरीले मंगलबार पक्राउ गरेको हो ।
गाउँकै ३० बर्षीया विवाहित महिलामाथि करणीको प्रयास गरेको आरोपमा भण्डारीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक बलराम पाण्डेयले जानकारी दिए ।
यही असार १० गते बिहान घर मर्मत गरिदिन्छु भनि महिलाको घरमा पुगेका भण्डारीले करणीको प्रयास गरेको आरोप लागेको छ । पीडितले दिएको जाहेरीका आधारमा जबरजस्तीकरणी उद्योगमा मुद्दा दर्ता गरेर भण्डारीमाथि अनुसन्धान भइरहेको प्रहरी निरीक्षक पाण्डेयले बताए ।
घटनाका बिषयमा थप अनुसन्धान भइरहेको उनले बताए ।
प्रकाशित मिति: बुधबार, असार १२, २०८१ १८:०४
प्रतिक्रिया दिनुहोस्