Sagun Khabar
बझाङको सुनकुडा स्वास्थ्यचौकीमा निशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने 

बझाङ –बझाङको सुनकुडा स्वास्थ्यचौकीमा बृहत निशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने भएको छ । बित्थडचीर गाउँपालिका वडा नं ९ को आयोजना र नोभा अस्पताल प्रालि धनगढीको समन्वयमा शिविरको आयोजना गरिने वडा नं ९ का वडा अध्यक्ष हरिशचन्द्र जोशीले बताए । 

‘जनतासंग वडा अध्यक्ष कार्यक्रम’अन्तर्गत बृहत निशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिने भएको हो । यही असार १५ गते सुनकुडा स्वास्थ्यचौकीमा शिविरको आयोजना हुने वडा अध्यक्ष जोशीले बताए । 

Atrya hospital

वडाबासीहरुलाई गाउँघरकै स्वास्थ्यचौकीमा बिशेषज्ञ स्वास्थ्य सेवा दिने उद्देश्यले शिविरको आयोजना गरिएको हो । शिविरमा स्त्री तथा प्रसूती रोग बिशेषज्ञ डा. सृष्टि जोशी, जनरल फिजिसियन डा. जस्मीन जोशी र बरिष्ठ दृष्टि रोग बिशेषज्ञ डा. सावित्री भट्टले सेवा दिने वडा अध्यक्ष जोशीले बताए । 

गाउँघरकै स्वास्थ्यचौकीमा बिशेषज्ञ स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यसहित शिविरको आयोजना गरिएकाले शिविरमा सहभागी भइ स्वास्थ्य सेवा लिन समेत आग्रह गरिएको छ । 
 

प्रकाशित मिति: बिहीबार, असार १३, २०८१  ०८:१७
प्रतिक्रिया दिनुहोस्
Weather Update