Sagun Khabar
डडेल्धुराका निर्माण व्यवसायी भट्टको मृत्यु 

डडेल्धुरा –घाँटी रेटिएको अवस्थामा जंगलमा घाइते फेला परेका निर्माण व्यवसायी डम्वरदेव भट्टको मृत्यु भएको छ । भट्टको धनगढीमा उपचारका क्रममा मृत्यु भएको हो । 

शनिबार बिहान डडेल्धुराको अमरगढी नगरपालिका वडा नम्बर ५ का ४५ वर्षीय भट्ट घाँटीमा चक्कुले रेटिएको अवस्थामा घाइते फेला परेका थिए । 

Atrya hospital

जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रमुख तथा प्रहरी नायब उपरीक्षक दीपक कार्कीका अनुसार उनी घर नजिकैको जंगलमा फेला परेका थिए । 

घाइते फेला परेका भट्टलाई उपचारका लागि डडेल्धुरा अस्पताल पुर्याइएको थियो । डडेल्धुरा अस्पतालले थप उपचारका लागि अन्यत्र पठाएकोमा शनिबार दिउँसो उनको धनगढीमा मृत्यु भएको उद्योग वाणिज्य संघ डडेल्धुराका अध्यक्ष द्विजराज भट्टले जानकारी दिए । 

निर्माण कार्य सम्पन्न गरिसक्दा समेत सम्बन्धित कार्यालयले भुक्तानी नदिएपछि उनी आर्थिक समस्यामा रहेको उनी निकट साथीहरूलाई बताउँदै आएका थिए । 

भट्ट शुक्रबार साँझबाट परिवारका सदस्यसंग सम्पर्कमा थिएनन् । 
 

प्रकाशित मिति: शनिबार, असार १५, २०८१  १९:५८
प्रतिक्रिया दिनुहोस्
Weather Update