Sagun Khabar
कञ्चनपुरका वरिष्ठ पत्रकार भट्टको निधन
Atrya hospital

कञ्चनपुर –नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय उपाध्यक्ष तथा वरिष्ठ पत्रकार कर्णदेव भट्टको निधन भएको छ ।

कञ्चनपुरको महेन्द्रनगर निवासी भट्टको सोमवार निधन भएको हो । उनी ‘फारवेष्ट टाईम्स’का प्रकाशक तथा सम्पादक थिए । भट्टको नेतृत्वमा फारवेष्ट टाईम्सले क्षेत्रीय पत्रकारितामा महत्वपूर्ण भूमिका खेलेको थियो । 

नेपाल पत्रकार महासंघका पुर्व केन्द्रीय उपाध्यक्षको रूपमा भट्टले देशभरका पत्रकारहरूको हक हितको लागि उल्लेखनीय काम गरेका थिए । उनले आफ्नो जीवन पत्रकारिता तथा समाजसेवामा समर्पित गरेका थिए । उनको निधनले पत्रकारिता क्षेत्रमा ठूलो क्षति पुगेको छ । भट्ट सुदूरपश्चिम प्रदेशमा अफसेट प्रेस भित्र्याउने पहिलो व्यक्तिसमेत  हुन् । 
 

प्रकाशित मिति: मंगलबार, असार १८, २०८१  ०८:२५
प्रतिक्रिया दिनुहोस्
Weather Update