Sagun Khabar
भारतमा सत्संगमा भागदौड मच्चिँदा मृत्यु हुनेको संख्या १ सय १६ पुग्यो 

भारतको उत्तर प्रदेशको हाथरसमा एउटा धार्मिक प्रवचन कार्यक्रम (सत्संगमा) मा भागदौड मच्चिँदा मृत्यु हुनेको संख्या ११६ पुगेको छ ।

मृत्यु हुनेमा अधिकांश महिला र केही बालबालिकासमेत छन् । घटनामा अन्य कैयौं मानिस घाइते भएको र मृतकको संख्या अझ बढ्न सक्ने जनाइएको छ। घाइतेको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।

Atrya hospital

हाथरस जिल्लाको फुलरई गाउँमा उक्त सत्संग आयोजना गरिएको थियो । नारायण साकार हरि नाम गरेका बाबाको सत्संग कार्यक्रममा उक्त दुर्घटना भएको हो । सत्संग समाप्त भएलगत्तै मानिसहरु बाहिरिने क्रममा भागदौड मच्चिएको प्रत्यक्षदर्शीले जनाएका छन् । 

मुख्यमन्त्री योगी आदित्यनाथले मृतकका परिवारप्रति दुःख व्यक्त गर्दै घटनाको छानबिन गर्न प्रहरी अतिरिक्त महानिर्देशकको नेतृत्वमा समिति गठन गरेका छन् । 
 

प्रकाशित मिति: बुधबार, असार १९, २०८१  ०७:५८
प्रतिक्रिया दिनुहोस्
Weather Update