बझाङ –बझाङको जालेबगरमा पहिरो खस्दा जयपृथ्वी राजमार्ग अवरुद्ध भएको छ ।
वर्षाका कारण छविसपाथिभेरा गाउँपालिकाको जालेबगरमा पहिरो खस्दा सडक अबरुद्ध भएको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ ।
पहिरोका कारण सडक अवरुद्ध भएपछि चैनपुरबाट तराईका लागि छुटेका र तराईबाट बझाङका लागि छुटेका सवारी साधनहरु जालेबगरमै रोकिएका छन् ।
प्रकाशित मिति: बुधबार, असार १९, २०८१ ०९:३१
प्रतिक्रिया दिनुहोस्