Sagun Khabar
अछाम र बाजुरामा विद्युत सेवा अवरुद्ध 
Atrya hospital

अछाम –नेपाल विद्युत् प्राधिकरणको साँफेबगरस्थित सबस्टेसनमा समस्या आएपछि अछाम र बाजुरामा विद्युत सेवा अवरुद्ध भएको छ ।

सब स्टेसनको ‘इनकमर’मा मंगलबार रातिदेखि नै प्राविधिक समस्या आएर विद्युत् अवरुद्ध भएको नेपाल विद्युत प्राधिकरण अछाम वितरण केन्द्रले जनाएको छ । साँफेबगरमा रहेको सबस्टेसनको ११ केभीमा समस्या आएपछि विद्युत् सेवा अवरुद्ध भएको प्राधिकरण अछाम वितरण केन्द्र प्रमुख हिक्मतबहादुर बिसीले जानकारी दिए ।

मर्मत कार्य भइरहेकोले कार्य सम्पन्न भएपछि मात्रै विद्युत् प्रवाह हुने केन्द्रले सूचना जारी गरेको छ ।  
 

प्रकाशित मिति: बुधबार, असार १९, २०८१  १०:२८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update