Sagun Khabar
दार्चुलाको गन्याड खोलामा बाढीको जोखिम, १६ घरपरिवारलाई स्थानान्तरण गरियो 

दार्चुला –दार्चुलामा बाढीको जोखिममा परेपछि केही घरपरिवारलाई स्थानान्तरण गरिएको छ। 

जिल्लाको मार्मा गाउँपालिका–४ र ५ का १६ घर गन्याड खोलाको बाढीको जोेखिममा परेपछि १६ घरधुरीका ४८ महिला र ५१ पुरुष गरेर ९९ जनालाई स्थानान्तरण गरिएको छ ।

Atrya hospital

उनीहरुलाई नजिकै रहेको हटिनाथ आधारभुत विद्यालय र सूर्योदय आधारभुत विद्यालयमा स्थानान्तरण गरिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । 

बुधबारबाट परेको अविरल वर्षाले गन्याड खोलामा आएको बाढीको जोखिम बढेपछि जीउधनको क्षति नहोस भनेर बस्तीका मानिसलाई स्थानान्तरण गरिएको हो । 

प्रकाशित मिति: शुक्रबार, असार २१, २०८१  १७:४४
प्रतिक्रिया दिनुहोस्
Weather Update