काठमाण्डौ – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आउँदो शुक्रवार असार २८ गते प्रतिनिधि सभाबाट विश्वासको मत लिने भएका छन् ।
नेकपा एमालेले सरकारको समर्थन फिर्ता लिएसँगै प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिन लागेका हुन् । उनले विश्वासको मत लिने व्यवस्थाका लागि संसद् सचिवालयलाई पत्राचारसमेत गरिसकेका उनको सचिवालयले जनाएको छ ।
गएको १७ गते एमाले र कांग्रेसका बीचमा नयाँ सरकार गठनका लागि सहमति भएको थियो । कांग्रेससँग सहमति गरेसँगै एमालेका सबै आठ जना मन्त्रीले राजीनामा दिइसकेका छन् ।
एमाले र कांग्रेस दुवैले प्रधानमन्त्री प्रचण्डलाई राजीनामा दिन आग्रह गरे पनि उनले संवैधानिक व्यवस्थाअनुसार विश्वासको मत लिन लागेका हुन् ।
प्रकाशित मिति: शुक्रबार, असार २१, २०८१ १८:०३
प्रतिक्रिया दिनुहोस्