Sagun Khabar
महाकालीको जलस्तर बढ्दै गएपछि दार्चुलामा प्रहरीको माइकिङ

दार्चुला –वर्षाका कारण महाकाली नदीको जलस्तर बढ्दै गएपछि प्रहरीले सीमा नाकाहरुमा माइकिङ गर्न थालेको छ ।

नदी किनारमा नजान र जोखिमबाट बच्नका लागि स्थानीय नागरिकलाई सचेत गराउन माइकिङ गरिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।  

Atrya hospital

प्रहरीले आइतबार सदरमुकाम क्षेत्रको रिङगलताल, बंगाबगड क्षेत्रमा माइकिङ गरेर सचेत गराएको छ । 

बंगाबगड, विरेन्द्र वन लगायतका क्षेत्रमा स्थानीयले महाकाली नदीबाट दाउरा संकलन गर्ने, नदी किनारमा भीड लाग्ने गरेका कारण प्रहरीले माइकिङ गरेर सावधानी अपनाउन आग्रह गर्दै आएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार बिहानैदेखि आकस्मिकबाहेक अन्य नागरिकलाई सीमा पुलहरूमा आवतजावतमा कडाइ गरिएको छ ।

तिगर घाटमा भारतपट्टीबाट आएको चट्टानका कारण पुल नै जोखिममा परेको छ । जिल्ला सदरमुकाम खलंगामा रहेको पुलघाट खलंगा, तिग्रम, दत्तु, जौलिजिवी, बाकु, लाली, मल्घट्टे, माललगायतका पुलहरूमा आकस्मिकबाहेकको आवतजावत नगर्न स्थानीयलाई आग्रह गरिएको प्रहरीले जनाएको छ । 
 

प्रकाशित मिति: आइतबार, असार २३, २०८१  १८:५०
प्रतिक्रिया दिनुहोस्
Weather Update