Sagun Khabar
डडेलधुरामा नक्कली शैक्षिक प्रमाणपत्र पेश गरि खरिदार बनेपछि....

डडेलधुरा-डडेलधुरामा एक खरिदारले नक्कली शैक्षिक प्रमाणपत्र पेश गरेको फेला परेको छ ।

जिल्लाको आलिताल गाउँपालिकामा प्रशासन सहायक चौथो (खरिदार) पदमा कार्यरत मेखराज जोशीले नक्कली शैक्षिक प्रमाणपत्र पेश गरेर जागिर खाएको तथ्य फेला परेको हो ।

Atrya hospital

जोशीले भारतको उत्तराञ्चल शिक्षा एवं परीक्षा परिषद्बाट हासिल गरेको हाईस्कूल तहको नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेश गरेका थिए ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जोशीविरुद्ध आइतवार विशेष अदालत काठमाडौंमा नक्कली शैक्षिक प्रमाणपत्रको आरोपमा मुद्दा दायर गरिएको थियो । 

जोशी विरुद्ध नक्कली शैक्षिक प्रमाणपत्र पेश गरेर भ्रष्टचार गरेको भन्दै भ्रष्टचारको मुद्दा दर्ता गरिएको छ ।

आयोगका प्रवक्ता नरहरी घिमिरेका अनुसार सोही प्रमाणपत्रका आधारमा उनले खरिदार पदमा नियुक्ति भइ हालसम्म कार्यरत रहेको आयोगले जनाएको छ ।

प्रकाशित मिति: सोमबार, असार २४, २०८१  ११:३८
प्रतिक्रिया दिनुहोस्
Weather Update