Sagun Khabar
घरमाथिबाट पहिरो खसेपछि बैतडीको शिवनाथमा एक परिवार विस्थापित 

बैतडी–लगातारको बर्षाका कारण घरमाथिबाट पहिरो खसेपछि बैतडीको शिवनाथमा एक परिवार विस्थापित भएको छ । शिवनाथ गाउँपालिका १ बण्डका भानसिंह साउँदको घरमाथिबाट खसेको पहिरोले घरमा क्षति पुर्याएको हो । 

आइतबार बिहान खसेको पहिरोले साउँदको दुईतले कच्ची घरमा क्षति पुर्याएको छ भने भान्छा घर र गोठ पुरेको छ । 

Atrya hospital

घरको छतमा पहिरोसहित रुख खसेपछि अहिले भानसिंहको परिवार छिमेकी देवानसिंह साउँदको घरमा आश्रय लिएर बसीरहेको शारदा मावि मटेलाका शिक्षक दिपकसिंह साउँदले बताए । 

साउँदको घरमा भएको सबै सरसामान र पशुचौपायालाई छिमेकीकै घरमा लगिएको उनले बताए । घरमाथिबाट पहिरो खसेकाले जोखिम बढेपछि साउँदको परिवार छिमेकीको घरमा आश्रय लिएर बसेको हो । 
 

प्रकाशित मिति: सोमबार, असार २४, २०८१  २०:२८
प्रतिक्रिया दिनुहोस्
Weather Update