Sagun Khabar
साहित्यकार हेमबाबु लेखक सम्मानित

कञ्चनपुर –साहित्यकार हेमबाबु लेखक सम्मानित भएका छन् । महेन्द्रनगरस्थित भीमदत्त नगरपालिका सभाकक्षमा आयोजित काव्य गोष्ठीमा लेखक सम्मानित भएका हुन् । 

विगत लामो समयदेखि नेपाली तथा डोट्याली भाषा, साहित्य, संस्कृति तथा साहित्यिक पत्रकारिताका क्षेत्रमा काम गर्दै आइरहेका लेखकले  नेपाली तथा डोट्याली भाषा संरक्षण, सम्बर्धन तथा विकासका लागि योगदान गरेको भन्दै आयोजक गुगुल्डि वाङमय प्रतिष्ठानले सम्मान गरेको प्रतिष्ठानका अध्यक्ष वीरबहादुर चन्दले बताए । 

Atrya hospital

विभिन्न क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याएका समाजका उदाहरणीय व्यक्तित्वहरूलाइ समेत सो अवसरमा सम्मान गरिएको छ । 

भाषा, साहित्य, कला, संस्कृति, इतिहास तथा सामाजिक एवं परोपकारी कार्यमा समर्पित लेखकलाई प्रतिष्ठानले नगद पुरस्कारसहित “ग्वाल्लेक गौरव सम्मान” अर्पण गरिएको साहित्यकार रमेश पन्त (मीतबन्धु)ले जानकारी दिए । 
दुई दशकभन्दा लामो समयदेखि निरन्तर लेखनमा सक्रिय साहित्यकार लेखकका विभिन्न विधाका आधा दर्जन बढी कृति प्रकाशित छन् । 

प्रतिष्ठानका अध्यक्ष वीरबहादुर चन्दको अध्यक्षता र वेदकोट नगरपालिका कञ्चनपुरका नगर प्रमुख भोजराज बोहराको प्रमुख आतिथ्यमा आयोजित प्रतिष्ठानको ७ औं वार्षिकोत्सव समारोहमा डा.श्यामप्रसाद न्यौपाने, डा. हरिश्चन्द्र भट्ट, प्रा. हुमाकान्त पाण्डेय, खगेन्द्र गिरि ‘कोपिला’, यज्ञराज पन्त, श्रीजनश्री, कविराज भट्ट , सुरेन्द्रराज ओझा, प्रेमप्रकाश कलौनी, एनडी भट्ट, दीर्घबहादुर चन्द, कल्यान ओझा, सरस्वती भाट धामी, पूरन दयाल लगायतका  साहित्यकारहरुको उपस्थिति रहेको थियो । 

रमेश पन्त मीतबन्धुले सञ्चालन गरेको कार्यक्रमको व्यवस्थापन कविराज भट्टले गरेका थिए । 
 

प्रकाशित मिति: सोमबार, असार २४, २०८१  २०:५५
प्रतिक्रिया दिनुहोस्
Weather Update