Sagun Khabar
महाकालीमा पानीको बहाव घट्यो, वनवासामा सवारी आवागमन सुचारु 
Atrya hospital

कञ्चनपुर –महाकाली नदीमा पानीको बहाव घटेपछि शारदा ब्यारेजको पुलमा चार दिनपछि चारपांग्रे सवारी साधनको आवागमन खुला भएको छ । मंगलबार बिहानदेखि चारपांग्रे सवारी साधन आवागमन खुला गरिएको प्रहरीले जनाएको छ । 

बर्षा रोकिएसंगै महाकाली नदीमा पानीको बहाव घटेको हो । महाकालीमा पानीको बहाव १ लाख क्युसेकभन्दा तल पुगेपछि ठूला सवारी साधन सुचारु गरिएको हो । 

शनिबारदेखि महाकालीमा पानीको बहाव बढेपछि पुलमा चारपांग्रे सवारी साधनको आवागमनमा रोक लगाइएको थियो । 
 

प्रकाशित मिति: मंगलबार, असार २५, २०८१  १५:३७
प्रतिक्रिया दिनुहोस्
Weather Update