Sagun Khabar
भारतको उत्तर प्रदेशमा बस दुर्घटना,१८ जनाको ज्यान गयो
Atrya hospital


भारतको उत्तर प्रदेशमा पर्ने उन्नावमा बस दुर्घटना हुँदा कम्तीमा १८ जनाको ज्यान गएको छ । आज बिहान आगरा–लखनऊ एक्सप्रेस वेमा यात्रुवाहक बस दुर्घटना भएको हो । बिहारको सीतामढीबाट दिल्ली गइरहेको बस दूध बोकेको ट्याङ्करसँग ठोक्किएको बीबीसीले जनाएको छ । ज्यान गुमाउनेमा १४ जना पुरुष, ३ जना महिला र एक जना बालक रहेका छन् । यस्तै दुर्घटनामा १९ जना घाइते भएका भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दुर्घटनामा ज्यान गुमाएकाहरूप्रति समवेदना प्रकट गर्दै राष्ट्रिय राहत कोषबाट मृतकका परिवारलाई २ लाख रुपैयाँ सहयोग र घाइतेहरूलाई प्रतिव्यक्ति ५० हजार दिइने घोषणा गर्नुभएको छ ।

प्रकाशित मिति: बुधबार, असार २६, २०८१  १५:५८
प्रतिक्रिया दिनुहोस्
Weather Update