Sagun Khabar
जन्मदिनको अवसरमा सुर्नयाका यज्ञले गरे शैक्षिक सामग्री वितरण 

बैतडी–जन्मदिनको अवसर पारेर बैतडीको सुर्नया गाउँपालिका घर भएका एक युवकले शैक्षिक सामग्री वितरण गरेका छन् । 

सुर्नया गाउँपालिका ६ कोखेत घर भएका यज्ञराज धामीले जन्मदिनको अवसरमा शैक्षिक सामग्री वितरण गरेका हुन् । 

Atrya hospital

आफूले प्राथमिक तहको शिक्षा अध्ययन गरेको विद्यालय कैलपाल भेलेलिङ्ग आधारभूत विद्यालयमा अध्ययनरत २५ जना बालबालिकाहरुलाई शैक्षिक सामग्री वितरण गरिएको धामीले बताए । 
जन्मदिनको अवसरमा अरुलाई समेत राम्रो सन्देश दिनका बालबालिकाहरुलाई शैक्षिक सामग्री वितरण गरेको धामीले बताए । 

जन्मदिनको अवसर पारेर विद्यालयका पूर्व छात्र यज्ञराज धामीले शैक्षिक सामग्री वितरण गरेको र यसले अरुलाई प्रेरणा दिने कैलपाल भेलेलिङ्ग आधारभूत विद्यालयका प्रधानाध्यापक नवराज अवस्थीले बताए । 

धामी सामाजिक कार्यका साथै बालअधिकारको क्षेत्रमा समेत क्रियाशील रहेका छन् । 

प्रकाशित मिति: बुधबार, असार २६, २०८१  २०:५८
प्रतिक्रिया दिनुहोस्
Weather Update