Sagun Khabar
चौधर नदीको बाढीमा बेपत्ता भएका कञ्चनपुरका डम्मर चौधरी मृत फेला 
Atrya hospital

कञ्चनपुर –कञ्चनपुरमा चौधर नदीको बाढीमा बेपत्ता भएका कञ्चनपुरका एक युवक मृत फेला परेका छन् । 

जिल्लाको बेलडाँडीस्थित चौधर नदीमा आएको बाढीमा बेपत्ता भएका बेलडाँडी गाउँपालिका ३ वैवाहका २३ बर्षीय युवक डम्मर चौधरी नदी बगरमा मृत अवस्थामा फेला हुन् ।

बेपत्ता भएको ५ दिनपछि चौधरीको शव चौधर नदीकै किनारमा बिहीबार फेला परेको बेलडाँडी गाउँपालिका वडा नं ३ का वडा अध्यक्ष दुर्गा चौधरीले बताए । 
 

प्रकाशित मिति: शुक्रबार, असार २८, २०८१  १३:५९
प्रतिक्रिया दिनुहोस्
Weather Update