Sagun Khabar
सुदूरपश्चिम विश्वविद्यालयका इन्जिनियर पुनको मोटरसाइकल दुर्घटनामा मृत्यु 
Atrya hospital

कैलाली –धनगढी–अत्तरिया सडकमा मोटरसाईल दुर्घटना हुँदा सुदूरपश्चिम विश्वविद्यालयका इन्जिनियरको मृत्यु भएको छ । शुक्रबार राती महेन्द्रनगरबाट धनगढी फर्किरहेका बेला गोदावरी नगरपालिका–५ गेटामा रहेको माछापालनको गेट नजिक दुर्घटना हुँदा ३५ वर्षीय भीमबहादुर पुनको मृत्यु भएको हो ।

पुनले चलाएको सुदूरपश्चिम प्रदेश ०१–००८ प ३३३७ नम्बरको मोटरसाईकल छाडा गोरुसंग ठोक्किदा पुनको मृत्युभएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । मोटरसाईकल गोरुसंग ठोक्किदा पुन गम्भिर घाईते भएका थिए । 

उनको उपचारको क्रममा माया मेट्रो अस्पताल धनगढीमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । गोरुपनि घटना स्थलमा नै मरेको र सो सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।
कर्णाली प्रदेशको सुर्खेत घर भएका पुन सुदूरपश्चिम विश्वविद्यालयको केन्द्रिय क्याम्पस महेन्द्रनगरमा ईन्जिनियरिङ विभागमा शिक्षण सहायक पदमा कार्यरत थिए । 
 

प्रकाशित मिति: शनिबार, असार २९, २०८१  १३:५८
प्रतिक्रिया दिनुहोस्
Weather Update