Sagun Khabar
सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीलाई राजीनामा दिन सुझाव 

कैलाली –सुदूरपश्चिमका मुख्यमन्त्री दीर्घबहादुर सोडारीलाई पदबाट राजीनामा दिन आग्रह गरिएको छ । शनिबार संसद सचिवालयमा नेपाली कांग्रेस, नेकपा एमाले र नागरिक उन्मुक्ति पार्टीका नेताहरुले संयुक्त पत्रकार सम्मेलनको आयोजना गर्दै मुख्यमन्त्री सोडारीलाई सरकार गठन र बजेटमाथिको छलफलका लागि सहजीकरण गर्न आग्रह गरेका हुन् । 

नयाँ गठबन्धन बनेपछि मुख्यमन्त्री सोडारी अल्पमतमा परीसकेकाले राजीनामा दिएर मार्ग प्रशस्त गर्न आग्रह गरिएको नेपाली कांग्रेस संसदीय दलका नेता कमलबहादुर शाहले बताए । 

Atrya hospital

मुख्यमन्त्री सोडारीकै कारण बजेटमाथि हुन नसकेकाले तत्काल राजीनामा दिएर सरकार गठन र बजेटमाथिको छलफलका लागि सहजीकरण गर्न आग्रह गरिएको शाहले बताए । 

पत्रकार सम्मेलनमा एमाले संसदीय दलका उप–नेता सन्तोष थापा (शर्मा), प्रमुख सचेतक बीरबहादुर थापा, नागरिक उन्मुक्ति पार्टीका संसदीय दलका नेता घनश्याम चौधरी, पूर्वमन्त्री रामेश्वर चौधरी लगायतको सहभागिता थियो । 
केन्द्रमा नयाँ सत्ता गठबन्धन बनेपछि सुदूरपश्चिममा नेकपा एमालेले मुख्यमन्त्री सोडारीलाई दिएको समर्थन फिर्ता लिइसकेको छ । एमालेले समर्थन फिर्ता लिएसँगै सोडारी नेतृत्वको सरकार अल्पमतमा परेको छ ।
 

प्रकाशित मिति: शनिबार, असार २९, २०८१  १४:१६
प्रतिक्रिया दिनुहोस्
Weather Update