Sagun Khabar
भानु जयन्तीको अवसरमा बैतडीको मेलौलीमा साहित्यिक सम्मेलन 

बैतडी–भानु जयन्तीको अवसरमा बैतडीको मेलौलीमा साहित्यिक सम्मेलन सम्पन्न भएको छ । शनिबार २ सय ११ औं भानु जयन्तीको अवसरमा मेलौलीस्थित मणिलेक मावि काँडामा नगरस्तरीय साहित्यिक सम्मेलन सम्पन्न भएको हो । 

मणिलेक मावि काँडा मेलौलीको आयोजना तथा सामुदायिक सिकाइ केन्द्र मेलौली र विशालपुरको प्रायोजनमा साहित्यिक सम्मेलन सम्पन्न भएको हो । 

Atrya hospital

‘भानु हाम्रो सान,देशको अभियान, अग्रजको सम्मान,सर्जकको पहिचान’भन्ने मूल नाराका साथ साहित्यिक सम्मेलेनको आयोजना गरिएको हो । 

उक्त सम्मेलनमा सहभागी स्थानीय साहित्यकारहरुलाई प्रमाणपत्र सहित सम्मान गरिएको छ । यस्तै सातओटा महिला तथा कृषक समूहहरुलाई १० हजारका दरले पुरस्कार समेत वितरण गरिएको मणिलेक मावि काँडा मेलौलीका शिक्षक अर्जुन कुँवरले जानकारी दिए । 

मणिलेक माविका प्रधानाध्यापक देवदत्त कलौनीको अध्यक्षतामा भएको सम्मेलनमा मेलौली नगरपालिकाका प्रमुख भीमबहादुर चन्द प्रमुख अतिथी रहेका थिए । 


 

प्रकाशित मिति: शनिबार, असार २९, २०८१  १९:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update