Sagun Khabar
बैतडीबाट निर्वाचित सांसद दामोदर भण्डारी चौथो पटक मन्त्री बन्ने

बैतडी – बैतडीबाट निर्वाचित सांसद दामोदर भण्डारी चौथो पटक मन्त्री बन्ने भएका छन् । सचिवालय स्रोतका अनुसार भण्डारी उद्योग बाणिज्य तथा आपुर्ति मन्त्री  बन्न लागेका हुन् । 

भण्डारी यसअघि उद्योग मन्त्री भइसकेका छन् । बैतडीबाट तेश्रो पटक प्रतिनिधि सभा सदस्यमा निर्वाचित भण्डारीले मन्त्री पाउने पक्का भएका हुन् ।

Atrya hospital

नेकपा एमालेले आफ्नो पार्टीबाट सरकारमा सहभागी हुने मन्त्रीहरुको टुंगो लगाएको छ । एमाले स्रोतका अनुसार एमालेले पाएका मन्त्रालयमध्ये उद्योग र भूमिमा पुरानै मन्त्री दोहोरिनेछन् ।

एमालेले प्रधानमन्त्रीसहित सात र कांग्रेसले उपप्रधानमन्त्रीसहित आठ मन्त्रालय राख्ने गरी समझदारी बनेको छ । बाँकी मन्त्रालय साना दललाई बाँडफाँट गर्ने तयारी छ ।

कांग्रेसबाट नेता प्रकाशमान सिंहले उपप्रधानमन्त्रीसहित सरकारमा पार्टीको नेतृत्व गर्ने र एमालेबाट उपाध्यक्ष विष्णु पौडेल उपप्रधानमन्त्री तथा अर्थमन्त्री बन्ने निश्चितजस्तै भएको नेताहरुको भनाइ छ । नेताहरुका अनुसार कांग्रेसले गृह, परराष्ट्र, ऊर्जा, स्वास्थ्य, पर्यटन, सहरी विकास, कानुन र वन तथा वातावरण मन्त्रालय लिनेछ ।

एमालेले अर्थ, भौतिक योजना तथा पूर्वाधार विकास, सञ्चार, शिक्षा, उद्योग, संघीय मामिला तथा सामान्य प्रशासन र भूमि व्यवस्था मन्त्रालय लिने प्रारम्भिक समझदारी बनेको छ । तर, अन्तिम टुङ्गो भने लाग्न बाँकी छ ।

कांग्रेसबाट रमेश लेखक, आरजु राणा, प्रदीप पौडेल, अजय चौरासिया, जीवन परियार, किशोरसिंह राठौर, बद्री पाण्डे, तेजुलाल चौधरी, रामनाथ अधिकारी, हृदयराम थानी र दीपक खड्का तथा एमालेबाट योगेश भट्टराई, गोकुल बाँस्कोटा, जुली महतो, विद्या भट्टराई, दामोदर भण्डारी, पदम गिरी, रघुवीर महासेठ, छविलाल विश्वकर्मा, कृष्णगोपाल श्रेष्ठ, ऋषिकेश पोखरेल र एलपी सावाँ लिम्बु मन्त्रीका दाबेदार छन् ।

 
 

प्रकाशित मिति: सोमबार, असार ३१, २०८१  १०:१४
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update