बैतडी– ब्लड क्यान्सरसँग लडिरहेका बैतडीका अमनको उपचारमा आर्थिक अभाव भएको छ । जिल्लाको सिगास गाउँपालिका वडा नं. २ गाँजरि घर भएका अमन धामिको उपचारमा आर्थिक अभाव भएको हो ।
१० बर्षको उमेरमै ब्लड क्यान्सरको सिकार भएका अमन धामिको अहिले काठमाण्डौं स्थित नेपाल क्यान्सर अस्पतालमा उपचार भईरहेको छ ।
आर्थिक स्थिति कमजोर भएका अमनको बिगत एक महिनादेखी काठमाण्डौंमा उपचार भईरहेको अमनका बुबा राम सिंह धामिले बताए ।
डाक्टरको सल्लाह अनुसार अमनको उपचार लामो समयसम्म चल्ने भएकाले आफू संग भएको पैसा सबै सकिदा उपचारमा आर्थिक समस्या आएकोले धामिले आर्थिक सहयोगका लागी सवैमा अपिल गरेका छन् ।
सहयोगका लागी
बैंक खाता नं. : 0400058962400011
खाताको नाम (बिरामिका बुबा) : Ram Singh Dhami
माछापुच्छ्रे बैंक लिमिटेड,काठमाडौं
मोबाइल नं.974–6503663 (आमा)
भारतका लागिः9916711578