Sagun Khabar
बैतडीका चार स्थानीय तहमा पहिरोको उच्च जोखिम 
फाइल फोटो

बैतडी–बैतडीका चारओटा स्थानीय तहमा पहिरोको उच्च जोखिम रहेको छ । जिल्ला विपद् व्यवस्थापन समिति बैतडीले तयार पारेको विपद् पूर्व तयारी तथा प्रतिकार्य योजनामा चार ओटा स्थानीय तहमा पहिरो उच्च जोखिम रहेको देखाएको हो । 

जिल्लाको दशरथचन्द नगरपालिका, मेलौली नगरपालिका, पुर्चौंडी नगरपालिका र डिलाशैनी गाउँपालिकामा पहिरोको उच्च जोखिम रहेको प्रमुख जिल्ला अधिकारी एवं जिल्ला विपद् व्यवस्थापन समितिका संयोजक भीमकान्त शर्माले जानकारी दिए । 

Atrya hospital

स्थानीय तहहरुबाट प्राप्त सूचनाहरुलाई बिश्लेषण गर्दै पालिकाहरुमा प्रकोपको स्तर निर्धारण गरिएको प्रमुख जिल्ला अधिकारी शर्माले बताए । 

जिल्ला विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना २०८१ का अनुसार बैतडीका चार स्थानीय तहमा पहिरोको जोखिम मध्यम रहेको छ । पाटन नगरपालिका, पञ्चेश्वर गाउँपालिका, सिगास गाउँपालिका र दोगडाकेदार गाउँपालिकामा पहिरोको जोखिम मध्यम रहेको छ । 

यस्तै जिल्लाको सुर्नया गाउँपालिका र शिवनाथ गाउँपालिकामा पहिरोको जोखिम सामान्य रहेको विपद् पूर्वतयारी तथा प्रतिकार्य योजनामा उल्लेख गरिएको छ । 

पहिरोको उच्च जोखिममा रहेका स्थानीय तहहरुलाई तयारी अवस्थामा रहनका लागि आग्रह समेत गरिएको छ । बर्षातको समयमा पहिरोको जोखिम बढ्दै जाने र यसले विपद्का घटना समेत निम्त्याउने भएकाले पूर्व तयारी तथा प्रतिकार्य योजना निर्माण गरिएको प्रमुख जिल्ला अधिकारी शर्माले बताए । 
 

प्रकाशित मिति: मंगलबार, साउन १, २०८१  १४:४३
प्रतिक्रिया दिनुहोस्
Weather Update