Sagun Khabar
बाढी र पहिरोले दार्चुलामा दुई पसल र एक घरमा क्षति 

दार्चुला –बाढी र पहिरोले दार्चुलाका दुई पसल र एक घरमा क्षति पुर्याएको छ । 

अपिहिमाल गाउँपालिका–३ भएर बग्ने कटेलीगाड खोलाले कटेलीगाडमा रहेका दुईओटा पसलमा क्षति पुर्याएको शिक्षक केशव बोहराले जानकारी दिए । 

Atrya hospital

खोलामा आएको बाढीले स्थानीय अकबरसिँह कार्की र पोखर मन्यालको पसलमा क्षति पु¥याएको शिक्षक बोहराले बताए । नदीको कटानले महादेव आधारभूत विद्यालय भवन पनि जोखिममा परेको छ ।

यस्तै निरन्तरको बर्षाका कारण खसेको पहिरोले नौगाड गाउपालिका–२ सुण्डमुण्डुमा स्थानीय जोगा टमटाको घर र गोठ भत्किएको छ । घरमाथिबाट खसेको पहिरोले टमटाको घर र गोठमा क्षति पुर्याएको हो । 
टमाटाको परिवारलाई डाँडाबाग आधारभूत विद्यालयमा सारिएको छ ।
 

प्रकाशित मिति: बुधबार, साउन २, २०८१  १४:५६
प्रतिक्रिया दिनुहोस्
Weather Update