Sagun Khabar
जन्मदिनको अवसरमा सुर्नयाका प्रमुख प्रशासकीय अधिकृत रोकाद्वारा बिरामीलाई फलफूल वितरण 
Atrya hospital

बैतडी –बैतडीको सुर्नया गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हर्षबहादुर रोकाले आफ्नो जन्मदिनको अवसर पारेर बिरामीहरुलाई फलफूल वितरण गरेका छन् । 

डडेल्धुराको अमरगढी नगरपालिका–५ घर भएका प्रमुख प्रशासकीय अधिकृत रोकाले बुधबार डडेल्धुरा अस्पतालमा उपचार गराइरहेका बिरामीहरुलाई फलफूल वितरण गरेका हुन् । 

जन्मदिनको अवसरमा पारेर अस्पतालमा उपचार गराइरहेका ५५ जना बिरामीहरुलाई फलफूल वितरण गरेको प्रमुख प्रशासकीय अधिकृत रोकाले बताए । जन्मदिनमा फजुल खर्च गर्नुभन्दा बिरामीहरुलाई फलफूल वितरण राम्रो कार्य भएकाले आफूले फलफूल वितरण गरेको उनले बताए । 
 

प्रकाशित मिति: बुधबार, साउन २, २०८१  १७:११
प्रतिक्रिया दिनुहोस्
Weather Update