Sagun Khabar
कञ्चनपुरमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु 

कञ्चनपुर –कञ्चनपुरमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । जिल्लाको भीमदत्त नगरपालिका–४ ब्रह्मदेवमा म १ प ११४५ नम्बरको मोटरसाइकल बुधवार राति दुर्घटनामा परेको हो । 

दुर्घटनामा परी शुक्लाफाँटा नगरपालिका–५ का ४० वर्षीय रूद्र बहादुर ओलीको मृत्यु भएको प्रहरीले जनाएको छ । 

Atrya hospital

ओली सवार मोटरसाइकलले म २ प ७२७१ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । दुर्घटनामा गम्भीर घाइते भएका ओलीको महाकाली प्रादेशिक अस्पताल, महेन्द्रनगरमा उपचारको क्रममा मृत्यु भएको हो । 

साथै, दुर्घटनामा घाइते भएका म २ प७२७१ नम्बरको मोटरसाइकल चालकको मायामेट्रो अस्पताल, धनगढीमा उपचार भइरहेको छ । दुर्घटनाका बिषयमा प्रहरीले अनुसन्धान गरिरहेको छ । 
 

प्रकाशित मिति: बिहीबार, साउन ३, २०८१  १४:५९
प्रतिक्रिया दिनुहोस्
Weather Update