Sagun Khabar
बैतडीमा पहिरोले भान्सा घर भत्किँदा दुई जना घाइते, एक घरमा क्षति 

बैतडी–बैतडीमा पहिरोले भान्सा घर भत्किँदा दुई जना सामान्य घाइते भएका छन् । 

जिल्लाको शिवनाथ गाउँपालिका –१ स्वालाका हरिसिंह चौक्यालको भान्सा घर भत्किँदा उनका १६ बर्षीय छोरा टेकेन्द्र चौक्याल र २२ बर्षीया छोरी करिश्मा चौक्याल घाइते भएकी हुन् । 

Atrya hospital

बिहीबार बिहान ११ बजेतिर भान्साघरमाथिबाट पहिरो खस्दा उनीहरु घाइते भएका हुन् । घाइते दुवैजना शर्माली स्वास्थ्यचौकीमा उपचारपछि घर फर्किसकेका जिल्ला प्रहरी कार्यालय बैतडीका निमित्त प्रमुख प्रहरी निरीक्षक बलराम पाण्डेयले जानकारी दिए । 

भान्सा घरभित्र खाना बनाइरहेका बेला एक्कासी खसेको पहिरोले उनीहरु घाइते भएका हुन् । पहिरोका कारण भान्साघरमा क्षति भएको प्रहरी निरीक्षक पाण्डेयले जानकारी दिए । 

यस्तै लगातारको बर्षाले पहिरो खस्दा जिल्लाको सुर्नया गाउँपालिका–८ ढोलेमा एक घर भत्किएको छ । स्थानीय लक्ष्मी बोहराको दुई तले कच्ची घर पहिरोका कारण बिहीबार साँझतिर भत्केको प्रहरीले जनाएको छ । 
बोहराको परिवार अर्को घरमा बस्ने भएकाले मानवीय क्षति नभएको बताइएको छ । 
 

प्रकाशित मिति: शुक्रबार, साउन ४, २०८१  ०७:४४
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update