Sagun Khabar
बाख्रा चराउन गएकी बैतडीकी ममता महाकाली किनारबाट बेपत्ता 

बैतडी–महाकाली किनारबाट बैतडीकी एक बालिका बेपत्ता भएकी छन् । 

जिल्लाको पञ्चेश्वर गाउँपालिका २ डिम्बरकी १५ वर्षीया ममता मंगोला बिहीबारदेखि बेपत्ता रहेकी जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक खेमविक्रम केसीले जानकारी दिए । 

Atrya hospital

महाकाली नदी किनारतिर बाख्रा चराउन गएकी ममता बिहीबार दिउँसो साढे २ बजेदेखि बेपत्ता रहेकी हुन् । 

घरपरिवार र स्थानीयहरुले बिहीबारदेखि नै ममताको खोजी गरिरहेका भएपनि ममता बेपत्ता भएको बिषयमा प्रहरीलाई आज बिहानमात्रै खबर गरिएको प्रहरी निरीक्षक केसीले बताए । 

बालिका महाकाली नदीमा बगेकी हुनसक्ने अनुमानसहित स्थानीय र प्रहरीले खोजी कार्य जारी राखेका छन् । घटनाका बिषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । 
 

प्रकाशित मिति: शुक्रबार, साउन ४, २०८१  ०९:२६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update