Sagun Khabar
प्रदेश प्रमुखद्वारा सुदूरपश्चिममा संसदको विषेश अधिवेशन आह्वान

कैलाली –सदूरपश्चिममा बजेट शून्यताको अवस्था आएपछि प्रदेश प्रमुख नजीर मियाले साउन ८ गते संसदको विषेश अधिवेशन आह्वान गरेका छन । विहीबार मात्रै राती १२ बजेटबाट लागुहुने गरी प्रदेश प्रमुख मियाले संसदको बजेट अधिवशन अन्त्य गरेका थिए । 

संसद अधिवेशन अन्त्य भएकै भोलीपल्ट अथवा शुक्रबार संसदको एक चौथाई प्रदेश सभा सदस्यहरुले हस्ताक्षर सहित विषेश अधिवेशनको माग गरेपछि प्रदेश प्रमुख मियाले साउन ८ गतेका लागि विषेश अधिवेशन आह्वान गरेका हुन ।

Atrya hospital

संविधानमा संसदको अधिवेशन अन्त्य भएको अवस्थामा कम्तीमा पनि एक चौथाई सांसदहरुले हस्ताक्षर गरि विषेश अधिवेशन माग गर्नसक्ने प्रावधान छ । मुख्यमन्त्री दीर्घबहादुर सोडारीले असारको ३० गते संसदको बजेट अधिवेशन अन्त्य गर्न भन्दै प्रदेश प्रमुख मियालाई पत्र पठाएका थिए । तर मिया बाहिर भएकाले विहीबार मात्रै उक्त पत्र माथि कारवाही भएको हो ।

प्रदेश प्रमुखले विषेश अधिवेशन बोलाई सकेपछि सोडारी नेतृत्वको सरकारलाई अध्यादेश मार्फत बजेट ल्याउज नैतिक संकट पर्ने देखिन्छ । 

सोडारी नेतृत्वको सरकारले असार १ गते ल्याएको बजेट असारमा पास हुन नसकेपछि अहिले प्रदेशभरी करसंकलनको कार्य बन्द भएको छ । यातायात, मालपोत र नापी, स्थानीय तहका लागि तोकिएका अधिकांस करहरु बन्द भएका छन । अहिले प्रदेशमा बजेट शून्यताको अवस्था रहेको छ ।
 

प्रकाशित मिति: शुक्रबार, साउन ४, २०८१  १६:३२
प्रतिक्रिया दिनुहोस्
Weather Update