Sagun Khabar
बेपत्ता भएकी बैतडीकी ममता भेटिइनन्, खोजी कार्य जारी 

बैतडी–महाकाली किनारबाट बेपत्ता भएकी बैतडीकी ममता मंगोला अझै भेटिएकी छैनन् । 

जिल्लाको पञ्चेश्वर गाउँपालिका २ डिम्बरकी १५ वर्षीया ममता बिहीबारदेखि बेपत्ता रहेकी जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक खेमविक्रम केसीले जानकारी दिए । 

Atrya hospital

महाकाली नदी किनारतिर बाख्रा चराउन गएकी ममता बिहीबार दिउँसो साढे २ बजेदेखि बेपत्ता रहेकी र अझै फेला नपरेकी उनले बताए । 

स्थानीय र प्रहरी मिलेर ममताको खोजी कार्य जारी राखेको छ । बालिका महाकाली नदीमा बगेको हुन सक्ने अनुमानसहित महाकाली नदी किनारमा समेत खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।  

प्रकाशित मिति: शनिबार, साउन ५, २०८१  ०७:५८
प्रतिक्रिया दिनुहोस्
Weather Update