Sagun Khabar
सुनको भाउ तोलामा एक हजार तीन सय रुपैयाँले घटयो
Atrya hospital

सुनको भाउ तोलामा एक हजार तीन सय रुपैयाँले घटेको छ । शुक्रवार तोलाको एक लाख ४७ हजार पाँच सय रुपैयाँमा कारोबार भएको सुन आज तोलामा एक लाख ४६ हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै चाँदीको भाउ तोलामा २० रुपैयाँले घटेर तोलाको एक हजार आठ सय १० रुपैयाँमा कारोबार भइरहेको छ । यसैबीच अमेरिकी डलर अहिलेसम्मकै महङ्गो भएको छ । आजको लागि एक अमेरिकी डलरको खरिद दर एक सय ३३ रूपैयाँ ५७ पैसा र बिक्री दर एक सय ३४ रूपैयाँ १७ पैसा तोकिएको छ । यसअघि गएको असार ७ गते डलरको भाउ एक सय ३४ रूपैयाँ १५ पैसा पुगेर नयाँ रेकर्ड बनाएको थियो । पछिल्लो रेकर्डभन्दा आजको मूल्य २ पैसा धेरै हो ।

प्रकाशित मिति: आइतबार, साउन ६, २०८१  १३:४८
प्रतिक्रिया दिनुहोस्
Weather Update