Sagun Khabar
बैतडीमा पनि गुरुहरुलाई श्रद्धाभाव प्रकट गरि आर्शिवाद लिदै गुरुपूर्णिमा मनाइयो 
Atrya hospital

बैतडी  गुरुलाई नमन गरी आर्शिवाद लिदै बैतडीमा पनि गुरुपूर्णिमा मनाइएको छ । शिक्षा दिने गुरुप्रति सम्मान भाव प्रकट गरी प्रत्येक वर्ष गुरुपूर्णिमा पर्व मनाउने गरिन्छ ।  गुरु पुर्णिमाको दिन आफूलाई शिक्षा प्रदान गर्ने गुरुको सम्मानमा शिष्यहरूले विभिन्न मिष्टान्न भोजनका साथ श्रद्धाभाव प्रकट गर्ने परम्परा रही आएको र गुरुलाई आमा बुबा सरह मान्ने गरिएको जगन्नाथ बहुमुखि क्याम्पसका क्याम्पस प्रमुख डा. सुरेन्द्र कुमार बलमे बताए । पछिल्लो समय गुरु र शिष्यबिचको सद्भाव घट्दै गएको बमको  अनुभव छ । प्रत्येक वर्ष आफुलाई शिक्षा दिने गुरुलाई नमन सम्मान गर्दै आर्शिवाद लिने गरेको क्याम्पस प्रमुख बमले जानकारी दिए ।

प्रकाशित मिति: आइतबार, साउन ६, २०८१  १६:५१
प्रतिक्रिया दिनुहोस्
Weather Update