Sagun Khabar
नेपालसँगको दुई मैत्रीपुर्ण भलिबल खेलको श्रृङ्खला रुसको महिला टोलीलाई
Atrya hospital

नेपाल र रुसबीचको दुई मैत्रीपूर्ण भलिबल खेलको श्रृङ्खला रुसको महिला टोलीले जितेको छ । नेपाली महिला राष्ट्रिय भलिबल टोली दोस्रो मैत्रीपूर्ण खेलमा पनि पराजित भयो । त्रिपुरेश्वरमा रहेको राष्ट्रिय खेलकुद परिषद् ९राखेप० कभर्डहलमा हिजो भएको खेलमा नेपाल रुसी टोलीसँग ३–० को सोझो सेटमा पराजित भयो । नेपालले पहिलो सेट १४–२५, दोस्रो सेट २३–२५ र तेस्रो सेट २२–२५ ले गुमायो । अस्ति आइतवार भएको पहिलो मैत्रीपूर्ण खेलमा पनि नेपाल ३–० कै सेटमा पराजित भएको थियो । नेपालमा रहेको रुसी दूतावासको विशेष सहयोगमा नेपाल भलिबल सङ्घले मैत्रीपूर्ण खेल आयोजना गरेको हो । नेपाली महिला टोली काभा नेसन्स लिगको तयारीमा छ । काभा नेसन्स लिग आउँदो साउन १७ गतेदेखि काठमाण्डौमा हुँदैछ । काभा नेसन्स लिगमा आयोजक नेपालसँगै भारत, इरान, श्रीलङ्का र माल्दिभ्स खेल्दैछन् ।

प्रकाशित मिति: मंगलबार, साउन ८, २०८१  ०७:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update