Sagun Khabar
बैतडीबाट महेन्द्रनगरतर्फ गईरहेको बसको ढोकाबाट खसेर एक महिला घाइते
Atrya hospital

बैतडीबाट महेन्द्रनगरतर्फ गईरहेको बसको ढोकाबाट खसेर महिला घाइते भएकी छन्। भीमदत्त राजमार्ग अन्तरगत डोटीको जोरायल गाउँपालिका–१ को बुडरमा ना ७ ख १२६४ नम्बरको बसको आपतकालीन ढोकाबाट खसेर महिला घाइते भएको प्रहरीले जनाएको छ। घाइते हुनेमा डडेल्धुराको आलिताल गाउँपालिका–१ की ४० वर्षीया कलावती बोहोरा रहेकी छन्। आपतकालीन ढोका भाँचिदा खसेर घाइते भएकी बोहोराको छतिवन स्वास्थ्य चौकीमा प्राथमिक उपचारपछि धनगढी लगीएकोे छ । माया मेट्रो अस्पतालमा अहिले उनको उपचार जारी छ । बस र चालक कञ्चनपुरको भीमदत्त नगरपालिका–३ बस्ने ४५ वर्षीय प्रेमसिंह धामीलाई इलाका प्रहरी कार्यालय बुडरले नियन्त्रणमा लिएको छ।

प्रकाशित मिति: मंगलबार, साउन ८, २०८१  ११:२८
प्रतिक्रिया दिनुहोस्
Weather Update