Sagun Khabar
तीन लाख जरिबाना गरिएका फरार अमर पक्राउ
Atrya hospital

 बैंकिङ कसुरमा तीन लाख जरिबाना गरिएका एक जना फरार प्रतिवादी पक्राउ परेका छन्। आज (मंगलबार) विहान कैलाली लम्की–चुहा नगरपालिका–१ का २० वर्षीय अमर गौतम पक्राउ परेका हुन्। जिल्ला अदालत कैलालीले उनलाई बैंकिङ् कसुर मुद्दामा तीन लाख जरिबाना तोकेको थियो। तर फरार भएका अमरलाई विहान ९ बजे इलाका प्रहरी कार्यालय लम्कीबाट खटिएको प्रहरी टोलीले निजलाई लम्की–चुहा नगरपालिका–१ लम्की बजारबाट नियन्त्रणमा लिएर अदालतमा पेस गरिएको छ।

प्रकाशित मिति: मंगलबार, साउन ८, २०८१  १३:०६
प्रतिक्रिया दिनुहोस्
Weather Update