Sagun Khabar
जिर्ण बन्यो सहर्षलिङ्ग मन्दिर मर्मतसम्भारको अभाव 

बैतडी -  बैतडी को प्रसिद्ध सहर्षलिङ्ग मन्दिर मर्मतसम्भारको अभावमा जिर्ण हुँदै गएको छ । जिल्ला को पाटन नगरपालिका वडा नम्बर ३ मा रहेको सहर्षलिङ्ग मन्दिर का भौतिक संरचना पुन निर्माण नहुदा सो मन्दिर जिर्ण हुँदै गएको हो । पौराणिक नाम कुस्या खोला रहेको गुजर गाउँ को इतिहास बोकेको सहर्षलिङ्ग मन्दिर जिर्ण भए संगै पुजा पाठ गर्न असहज भएको छ ।

मर्मतसम्भारको अभावमा रहेको मन्दिर मा बजेट अभाव भएको जानकारी सम्बन्धि सबै पक्षलाई गराएको भए पनि कतै बाट मन्दिर मर्मतसम्भारको लागि सहयोग नआएको सहर्षलिङ्ग मन्दिर का पुजारी हरि दत्त पन्त ले बताए । उनले भने मन्दिर मर्मतसम्भारको अभाव मा जिर्ण हुँदै गएको छ तर मन्दिर निर्माण को लागि आवश्यक रकम छैन ।’ उक्त मन्दिर केही बर्ष अघि स्थानीय समाजसेवी राम दत्त पन्त ले निर्माण गरेको भए पनि उचित आर्थिक स्रोत को जोहो र समय समय मा विभिन्न कुरा को प्रभाव ले पुर्ण हुन नसक्दै जिर्ण भएको छ  । 

Atrya hospital

 

साउन महिना भरी पुजा हुने सहर्षलिङ्ग मन्दिरमा असोज महिनाको नवरात्र , माघ महिनाको नवरात्र र चैत महिना को चैतेनवरात्र मा विशेष पुजा सहित भव्य मेला लाग्ने गर्दछ । नवरात्र मा मेला लागेको बेला उक्त मन्दिरमा पुजा गर्न मन्दिर भवन संगै ध्वानी घर , सौचालय र खानेपानी को चरम अभाव भएको भए पनि कुनै निकाय को ध्यान पुगेको छैन ।
 

प्रकाशित मिति: मंगलबार, साउन ८, २०८१  १७:३४
प्रतिक्रिया दिनुहोस्
Weather Update