Sagun Khabar
सुदूरपश्चिमको खेलकुद क्षेत्रका हस्ती खड्काको निधन
Atrya hospital

पूर्व राष्ट्रिय फुटवल खेलाडी एवं प्रशिक्षक लालबहादुर खड्काको निधन भएको छ। खड्काको मङ्गलवार दिउँसो ११ बजे निधन भएको हो।कैलालीको धनगढी उपमहानगरपालिका–४ उत्तरवेहडीका खड्काको ५९ वर्षको उमेरमा मस्तिष्कघात भएर निधन भएको हो। घरमै एक्कासी बेहोस भएर ढलेपछि अस्पताल पुगाएर उपचारकै क्रममा खड्काको निधन भएको परिवारले जनाएको छ। गणेश थापा नेपाली राष्ट्रिय फुटबल टिमको कप्तान हुँदा खड्का पनि राष्ट्रिय फुटबल टिमका खेलाडी थिए। त्यसपछि लामो समयसम्म सुदूरपश्चिम फुटबल टिमको प्रशिक्षक भएर खड्काले सुदूरपश्चिममा खेलाडी जन्माउने र फुटबल खेलको विकासमा योगदान गरेका थिए। महेन्द्र प्रहरी क्लवको प्रशिक्षक भएर पनि खड्काले काम गरेका थिए। सुदूरपश्चिममा प्रमुख फुटबल प्रशिक्षक भएर खड्काले खेलाडी उत्पादनमा योगदान गरेका थिए। खड्का प्रमुख प्रशिक्षक रहँदा धनगढीमा सम्पन्न छैटो राष्ट्रिय खेलकुद प्रतियोगितामा सुदूरपश्चिम फुटबल टिमले स्वर्ण पदक जितेको थियो। सुदूरपश्चिमको फुटबल खेलको इतिहासमा योगदान दिन सफल खड्काका दुई छोरा एक छोरी र श्रीमती छन्।

प्रकाशित मिति: मंगलबार, साउन ८, २०८१  १८:१०
प्रतिक्रिया दिनुहोस्
Weather Update