Sagun Khabar
अध्ययनको लागि जापानमा रहेका बैतडीका जनकको निधन
Atrya hospital

बैतडी – बैतडीको पाटन नगरपालिका–३का एक युवकको जापानमा निधन भएको छ । बढाईको लागि करिब ३ महिनाअघिमात्रै जापान गएका पाटन नगरपालिका ३ का २१ वर्षीय जनक प्रशाद अवस्थीको निधन भएको आफन्तले बताएका छन् । अध्ययनको सिलसिलामा जापानको नायोगामा बस्दै आएका अवस्थीको मंगलबार समुद्रमा नुहाउने क्रममा निधन भएको आफन्तले बताएका छन् ।

मंगलबार साथीहरुसँग नुहाउन समुद्री किनार गएका रहेछन्, त्यही डुबेर मृत्यु भएको खबर पाएका छु, मलाई पनि बिहान खबर भयो, थप कुरा प्रहरीले अनुसन्धान गरीरहेको बुझेको छु,’ जापानमा रहेका एक आफन्तले बताए । लाखौँ ऋण निकालेर अध्ययनसँगै रोजगारीको अवसरका लागि जापान पठाइएका जनकको परिवार छोराको निधनको खबरले विक्षिप्त  बनेको छ ।  

प्रकाशित मिति: बुधबार, साउन ९, २०८१  ११:५३
प्रतिक्रिया दिनुहोस्
Weather Update