Sagun Khabar
सरकार भेटियो तर अझै बस भेटिएन

पत्रकार गोविन्द पन्त को गजल,
सरकार भेटियो तर बस भेटिएन

सरकार भेटियो तर अझै बस भेटिएन ।
कसैको आँखा मा उद्धार रस भेटिएन ।

Atrya hospital

टालेको ट्युब  ले जता ततै  तैरिदा पनि,
काम  गर्ने लाई उपहार  जस भेटिएन ।

आशा मर्‍यो देश बनाउछु भन्ने बाट पनि,
बोल्दा बोल्दै छोड्यो किन हस भेटिएन ।

जोगाउछु म भन्नेहरु उखान दिन जादा ,
कर्णाली मै  मातृ  भाषा  खस  भेटिएन ।

गर्जिदा त खुब  भाउजू भाउजू  भन्थ्येउ ,
भाउजू कै पछेउरीमा लस पस भेटिएन ।

प्रकाशित मिति: बिहीबार, साउन १०, २०८१  १८:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update