Sagun Khabar
बैतडीमा चरेशसहित एक जना पक्राउ
Atrya hospital

बैतडी - बैतडीमा चरेशसहित एक जना पक्राउ परेका छन् । जिल्लाको पाटन नगरपलिका–३ बुङ्डाका ६० वर्षीय गोपाल सिंह बिष्ट आधा किलो चरेश सहित बिहिबार (आज) पक्राउ परेका हुन् । 

इलाका प्रहरी कार्यालय पाटनका प्रहरी निरिक्षक, राजेन्द्र सिंह साउँदको नेतृत्वमा खटिएको प्रहरी टोलीले पाटन नगरपालिका–३ को बनारसी धाम नजिकैबाट बिष्टलाई ५१२ ग्राम चरेससहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रबक्ता प्रहरी निरिक्षक बलराम पाण्डेयले बताए । 

विषेश सुराकीको आधारमा इलाका प्रहरी कार्यालय पाटनको टोलीले बिहिबार अप्रान्ह ४ बजेको समयमा बिष्टलाई पक्राउ गरेको हो ।  यस विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 
 

प्रकाशित मिति: बिहीबार, साउन १०, २०८१  १८:४६
प्रतिक्रिया दिनुहोस्
Weather Update