Sagun Khabar
अछाममा लागुऔषधसहित श्रीमान श्रीमती पक्राउ
Atrya hospital

अछाम- अछाममा लागुऔषधसहित दुई जना पक्राउ परेका छन् । जिल्लाको मंगलसेन नगरपालिका–५ बाट कैलालीको कैलारी गाउँपालिका–७ का ३० वर्षीय प्रकाश बोहरा र २९ वर्षीया कल्पना भण्डारी पक्राउ परेका छन् । उनीहरु श्रीमान श्रीमती हुन् ।

आफ्नो ससुरालीको घरमा बस्दै आएका उनीहरुलाई ३८० मिलिग्राम लागुऔषधसहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ ।
 

प्रकाशित मिति: शनिबार, साउन १२, २०८१  १७:२३
प्रतिक्रिया दिनुहोस्
Weather Update