Sagun Khabar
बैतडीको खोड्पे बजारलाई व्यवस्थीत र सडक फराकिलो गर्न छलफल सुरु

बैतडी- बैतडीको पाटन नगरपालिका–८स्थित खोड्पे बजारलाई व्यवस्थीत गर्नको लागि छलफल सुरु गरिएको छ । तीन जिल्ला बैतडी, दार्चुला र बझाङका यात्रुहरू आउने मुख्य चौराहाका रुपमा चिनिएको यो बजारलाई अहिले व्यवस्थित पार्न छलफल सुरुभएको हो । बजार क्षेत्रका खोका छाप्रा व्यवस्थापन गर्नुपर्ने ,सडक फराकिलो र स्तरोन्नतीको लागि आवश्यक छलफल सुरु गरिएको हो ।

शनिबार बजार व्यवस्थापन समितिका पदाधिकारी, व्यावसायी, जनप्रतिनिधिहरुबीच बजारलाई व्यवस्थीत बनाउनको लागि छलफल भएको थियो । छलफलका सहभागिहरुले बजारलाई व्यवस्थीत बनाउनको लागि, खोका छाप्रा व्यवस्थापन गर्नुपर्ने, सडकछेउमा नाली निर्माण गर्नुपर्ने, विद्युत लाईन विस्तार गर्नुपर्ने विषयमा धारणा राखेका बजार व्यवस्थापन समितिका सचिव सन्तोष कुमार राईले जानकारी दिए । सडकको एक मिटरभित्रै निर्माण गरिएका खोकाछाप्रा तथा संरचनाहरु हटाउनुपर्ने विषयमामा अधिकांश व्यावसायीहरुले सहमती पनि जनाएका छन् । 

Atrya hospital

खोका छाप्रा हटाउने र सडक छेउबाट एक मिटरमा निर्माण गरिएका संरचना हटाउने विषयमा अध्यायन गर्न एक समिति पनि गठन गरेको छ । यस समितिले आवश्यक सुझाव र राय प्रस्तुत गरेपछि बजार व्यवस्थापन समितिको अर्काे बैठकबाट निर्णय गरी सडक डिभिजन कार्यालयमा पठाउने बजार व्यवस्थापन समितिका सचिव सन्तोष कुमार राईले जानकारी दिए ।  

बजार क्षेत्रमा नाली निर्माण हुनुपर्ने, विद्युतको लाईनलाई बजार क्षेत्रभरी केबल तार राखेर थप व्यवस्थीत गर्नुपर्ने भनाई थियो । यसका लागि विद्युत वितरण केन्द्रसँग पहल गरिने छलफलमा सहभागि वडा नं ८ का वडा अध्यक्ष हरिश बिष्टले बताए । यसैगरी बजारक्षेत्रको फोहोर व्यवस्थापनको लागि पनि आवश्यक अध्यायन र पहलको लागि अर्काे समिति गठन गरिएको छ । बजारलाई थप व्यवस्थीत बनाउनका लागि सबै व्यावसायी र घरधनीले आवश्यक सहयोग गनुपर्ने बजार व्यवस्थापन समितिका अध्यक्ष राम सिंह बिष्टले बताए । 

प्रकाशित मिति: शनिबार, साउन १२, २०८१  १८:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update