Sagun Khabar
८१ बर्षिय बृद्ध समाजसेवी हरजित को गुनासो , लगानी डुब्यो स्कुल बनेन 

बैतडी – बैतडी को पाटन नगरपालिका वडा नम्बर ३ का ८१ बर्षिय बृद्ध समाजसेवी हरजित बिष्ट ले शैक्षिक सुधार मा आफ्नो लगानी सहित जीवन को छ दशक बिताउदा पनि शैक्षिक क्षेत्रमा सुधार हुन नसक्दा दुखी हुँदै आफ्नो लगानी ढुबेको गुनासो पोखेका छन । लामो समय देखि राजनीति संगै समाजसेवा मा लागेका बिष्ट उमेर पाखो हुदा पनि समाजसेवा बाट पछि हट्न सकेका छैनन् । उनले सगुन खबर संग कुरा गर्दै भनेका छन् , मैले २०४६ साल यता को राजनीतिक घटनाक्रम को सामना गर्दै साबिक को गुजर गाउँ बिकास समित र वर्तमान पाटन नगरपालिका वडा नम्बर ३ मा रहेका बिद्यालयहरु को शैक्षिक सुधार को लागि आफ्नो लगानी गरेको भए पनि विद्यालय मा समेत राजनीतिक बिचौलिया को हात पुगे पछि मेरो लगानी डुबेको हो  । 

 

Atrya hospital

शैक्षिक क्षेत्र सुधार का लागि दशकौ अघि देखि साबिक को गुजर गा.बि.स र हाल को पाटन नगरपालिका वडा नम्बर ३ मा रहेको गुजर मा.बि मा २० औँ हजार रकम खर्च गर्दै आएको भए पनि आफुले शैक्षिक क्षेत्र सुधार को लागि गरेको खर्च बिचौलीया को हातमा परे पछि आफ्नो लगानी फिर्ता हुन नसक्दा र गरेको लगानी मा पनि शैक्षिक सुधार को आधार नदेखिए पछि बेला बेला सम्बन्धि निकाय लाई आफ्नो लगानी फिर्ता गर्न वा शैक्षिक क्षेत्र मा आफुले गरेको लगानी को प्रतिफल देखाउन आग्रह गर्दा समेत कतै बाट सुन्वाइ नभएको  बिष्टले बताए । 

 

सामाजिक बिकास संगै समाज रुपान्तरण को लागि ६ दशक देखि लडिरहेका ८१ बर्षिय बृद्ध समाजसेवी हरजित बिष्ट ले तत्कालीन रास्ट्रीय प्रजातन्त्र पाटी रा प्र पा बाट आफ्नो सक्रिय राजनीति यात्रा को धरातल तय गरेका थिए । प्रजातन्त्र को बेला समेत देश र जनता को लागि निष्टा पुर्बक काम गरेका बिष्ट तत्कालीन पुर्व प्रधानमन्त्री लोकेन्द्र  बहादुर चन्द निकट का बिश्वासिला पात्र मानिन्छन ।
 

प्रकाशित मिति: शनिबार, साउन १२, २०८१  १९:३०
प्रतिक्रिया दिनुहोस्
Weather Update