बैतडी –नेपाली कांग्रेस बैतडी जिल्ला कार्यसमिति सदस्य जयराज जोशीको पहलमा पहिरो पीडित परिवारलाई राहत सामाग्री वितरण गरिएको छ । डिलाशैनी गाउँपालिका २ मल्लो छेपट्टाका धर्मराज बोहराको परिवारलाई राहत सामग्री वितरण गरिएको नेपाली कांग्रेस जिल्ला कार्यसमिति बैतडीका सदस्य जयराज जोशीले बताए ।
राहत वितरणका लागि मल्लो छेपट्टा पुगेका जोशीले बोहराको घर पुननिर्माणका लागि सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गरेका छन् । पहिरोले घर बगाएपछि अहिले बोहराको परिवार छिमेकीको घरमा बसीरहेको छ ।
प्रकाशित मिति: आइतबार, साउन १७, २०७८ १८:१५
प्रतिक्रिया दिनुहोस्