Sagun Khabar
लागूऔषधसहित बैतडी र डडेल्धुराका दुई किशोर कञ्चनपुरबाट पक्राउ 

कञ्चनपुर –कञ्चनपुरबाट लागूऔषध र नगदसहित २ किशोर पक्राउ परेका छन् । 

बैतडीको सुर्नया गाउँपालिका –४ घर भई हाल कञ्चनपुरको भीमदत्त नगरपालिका –४ भासीमा कोठा गरी बस्ने १८ बर्षीय किशोर र डडेल्धुराको भागेश्वर गाउँपालिका –४ का १८ बर्षीय किशोरलाई प्रहरीले पक्राउ गरेको हो । 
दुबै जनालाई शनिबार शुन्य दशमलव ७८ ग्राम लागूऔषध र नगद २३ हजार ६ सय सहित पक्राउ गरिएको प्रहरीले जनाएको छ । 

Atrya hospital

प्रदेश प्रहरी कार्यालय महेनद्रनगर, लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय महेन्द्रनगर र जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट संयुक्त रूपमा खटिएको प्रहरी टोलीले उनीहरू बस्ने कोठाबाटै नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

पक्राउ परेका दुवै जनामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 
 

प्रकाशित मिति: आइतबार, साउन २०, २०८१  ०८:५८
प्रतिक्रिया दिनुहोस्
Weather Update