Sagun Khabar
बाजुरामा ढुंगा लागेर एक बालिकाको मृत्यु 
Atrya hospital

बाजुरा –बाजुरामा एक बालिकाको मृत्यु भएको छ । जिल्लाको स्वामीकार्तिक खापर गाउँपालिका–१ की १४ वर्षीया आकाशी कुमालको सडक निर्माणका क्रममा खसेको ढुंगा लागेर मृत्यु भएको हो ।

गाउँपालिकामा निमार्ण भईरहेको जोरु–गोठीगाउँ सडक खण्डमा गोरु चराउन गएका बेला डोजरले खनिरहेको ढुगां खसेर बालिका घाइते भएकी थिइन ।

घाइते भएकी बालिकालाई उपचारका लागि शनिवार दिउसो कोल्टी अस्पतालमा पुर्याइएको  र उपचारकै क्रममा राति मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख प्रहरी नायब उपरीक्षक दिलीपकुमार गिरीले बताए । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।
 

प्रकाशित मिति: सोमबार, साउन २१, २०८१  ०८:५९
प्रतिक्रिया दिनुहोस्
Weather Update