बैतडी –बैतडीमा पछिल्लो २४ घण्टामा एकजनामा कोरोना पुष्टि भएको छ । ३८ जनाको एन्टीजेन विधिबाट कोरोना परीक्षण गर्दा पाटन नगरपालिकाका एकजनामा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालयले जनाएको छ ।
अहिले जिल्लामा ३४ जना सक्रिय संक्रमित रहेका छन् । सक्रिय संक्रमित मध्ये दशरथचन्द नगरपालिकामा १७ जना, पाटन नगरपालिकामा ५ जना, सिगास गाउँपालिकामा ३ जना र दोगडाकेदार गाउँपालिकामा ३ जना रहेका छन् ।
यस्तै डिलाशैनी गाउँपालिकामा २ जना, पञ्चेश्वर गाउँपालिका र सुर्नया गाउँपालिकामा एक÷एक जना सक्रिय संक्रमित रहेका छन् । बैतडीमा जिल्ला बाहिरका २ जना सक्रिय संक्रमित रहेको बताइएको छ ।
बैतडीका तीन स्थानीय तहमा तत्कालका लागि कोरोनाका सक्रिय संक्रमितको संख्या शुन्य रहेको स्वास्थ्य कार्यालयले जनाएको छ । मेलौली नगरपालिका, पुर्चौंडी नगरपालिका र शिवनाथ गाउँपालिकामा कोरोनाका सक्रिय संक्रमित शुन्य रहेका हुन् ।